काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताउनुभएको छ ।मंगलवार काठमाडौंमा ‘संसदमा केपी शर्मा ओली’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै ओलीले जनतामा असन्तुष्टि पैदा भयो भने कुनै पनि व्यवस्था नटिक्ने बताउनुभयो । ‘असन्तुष्टि बढ्दै गएर आक्रोस बन्छ, असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन’, उहाँले भन्नुभयो ।

ओलीले देश भावनाले चल्ने विषय नभएको प्रष्ट पार्नभयो । ‘देश भावनामा बग्न थाल्यो भने अनर्थ बाहेक केही हुँदैन, देश भावनाले चल्दैन, सही नीति र व्यवहारले मात्र देश चल्छ’, ओलीले भन्नुभयो ।माओवादीले जनताको असन्तुष्टिमा टेकेर हतियार उठाई अनेक प्रकारका बेठिक काम गरेको उहाँले बताउनुभयो । माओवादीले गलत गरेको कारण जनताले उसको साथ छाडेको ओलीको भनाइ छ ।

ओलीले राजनीति लोकतन्त्रका लागि चाहिने र लोकतन्त्र देश विकास, जनताको हितका लागि आवश्यक रहेको बताउनभयो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने उहाँले स्पष्ट पार्नुभयो ।ओलीले आफू सम्पूर्ण रूपमा देश, जनता र लोकतन्त्र प्रति समर्पित भएको बताउनुभयो । लोकतन्त्र स्वतन्त्रता मात्र नभएर आर्थिक, सामाजिक परिवर्तनको पक्ष पनि भएको उहाँले बताउनुभयो । राजनीति आर्थिक, सामाजिक, सांस्कृतिक पक्षसँग सम्बन्धित नभई लोकतन्त्र अघि नबढ्ने ओलीले बताउनुभयो ।आफूले संसदमा बोल्दा देश प्रति र जनता प्रतिको निष्ठाका साथ बोल्ने गरेको ओलीले बताउनुभयो । आफूले संसद्मा केही कुरामा असावधानी भएका भए पनि ठिक बिचारका साथ बोलेको उहाँले स्पष्ट पार्नुभयो ।

आफूले निष्ठाका साथ राजनीति गरेको उहाँले दाबी गर्नुभयो । आफ्नो राजनीति जनता र सुशासन प्रति निष्ठाको धारमा अघि बढेको ओलीले बताउनुभयो । देश र जनताका हितका निम्ति नै आफूले काम गरेको उहाँले प्रष्ट पार्नुभयो ।
ओलीले देश बनाउन सकिँदैन भन्ने कुरा गलत भएको बताउनुभयो । नेपाल भन्दा साना र ठुला सबै देशले प्रगति गरेका उहाँले सुनाउनुभयो । नेपाल उर्वर भूमि भएकोले जसरी पनि बन्न सक्ने उहाँले बताउनुभयो । त्यसकालागि राष्ट्रिय विश्वासको खाँचो भएको ओलीले औँल्याउनुभयो । ‘हामीलाई राष्ट्रिय आत्मविश्वासको मात्र आवश्यकता छ’, उहाँले भन्नुभयो ।
बाहिर गएर देश बनाउने नेपालीले आफ्नो देश बनाउन नसक्ने कुरै नआउने ओलीले बताउनुभयो । युवा जनशक्ति अधिक भएको बेलामा देश बनाउनु पर्नेमा उहाँले जोड दिनभयो ।केही वर्ष ढिलो गरियो भने नेपाल ज्येष्ठ नागरिकको देश बन्ने भएकोले त्यस्तो अवस्था देश नै असफल हुनसक्ने तर्फ उहाँले सचेत गराउनुभयो । भ्रष्टाचार न्यूनता, दृढ सङ्कल्प, राष्ट्रिय दृढता र आत्मविश्वास साथ लाग्दा देश बस्न समय नलाग्ने उहाँले बताउनुभयो ।

Leave a Reply