जीतपुर,नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनको लागि बारा क्षेत्र नं. १ बाट ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।यो क्षेत्रबाट दुई÷दुई जना खुला र महिला, एक जना यूवा गरि पाँच जना निर्वाचित हुनेछन् । जसमा युवा क्लस्टरमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरि महिलातर्फ ४ जना र खुलातर्फ १९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत भरतबहादुर भण्डारीले जानकारी दिनुभयो ।

यूवामा शम्भु साह कलवार, गोकुलप्रसाद तिमल्सिना, विजय तिमल्सिना, शर्मिला केसी, सुदीप तिमल्सिना, पुरुषोत्तम भट्टराई, मुकेशप्रसाद जैसवाल, सरिता (यम) कुमारी सापकोटा र दामोदर मैनालीले उम्मेदवारी दिएका छन ।
त्यसैगरि महिलामा झम्ककुमारी खत्री, दुर्गाकुमारी कोइराला, लिलादेबी लामिछाने, र सोम माया थिङ्गले मनोनयपत्र दर्ता गरेका छन ।
खुलातर्फ अम्बिकाप्रसाद चौलागाई, तिलक घलान, ताराचन्द्रप्रसाद साह, एकबहादुर श्रेष्ठ, ढुण्डिराज उप्रेती, कर्णबहादुर लामा, केवलप्रसाद चौधरी, त्रिलोकीप्रसाद चौधरी, सुरथ पुरी, थानेश्वर सापकोटा (अविरल), लालबाबुप्रसाद यादव, रामकृष्ण घिमिरे, थानेश्वर सापकोटा, महेन्द्रप्रसाद जैसवाल, बृजकिशोर चौधरी, दिपकप्रसाद चौधरी, पलटप्रसाद चौधरी, चेतनाथ रिजाल, यादवकुमार तिमल्सिनाको उम्मेदवारी परेको छ ।
निर्वाचन अधिकृत भण्डारीका अनुसार शुक्रबार विहान १० बजेदेखि उम्मेदवारका बिचमा छलफल गराइनेछ । ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताको कार्यतालिका रहेको छ ।त्यसैगरी क्षेत्र नम्बर २ मा ४ जना प्रतिनिधिको लागि ८ जनाले उम्मेदवारी दिएका छन । उक्त क्षेत्रबाट २ खुल्ला र १-१ जना महिला र युवा प्रतिनिधि चयन हुनेछन ।
क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत रफिक अन्सारीका अनुसार कुल ४ हजार ३८ जना सदस्य रहेको सो क्षेत्रबाट ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । उक्त क्षेत्रबाट खुलातर्फ १५ जना, महिलातर्फ ९ जना तथा युवातर्फ ६ जनाले उम्मेदवारी दर्ता गरेका हुन ।


















