नरेश गुप्ता
बरियारपुर – बाराको एतिहासिक एवम धार्मिक स्थल गढीमाई मन्दिर यति बेला सुनसान देखिएको छ । बिश्वमा फैलिएको कोरोना कोभिड १९ को संक्रमणले लाखौ मानिसको ज्यान लिइसकेकोले यसको संक्रमण फैल्न नदिन नेपाल सरकारले लगाएको लकडाउनले बाराको पनि विभिन्न धार्मिक स्थानहरुमा पुजापाठ गर्ने भक्तजनको भिडभाड न्यून देखिएको छ । बिश्वमा प्रसिद गढीमाई मन्दिरमा हरेक पाँच बर्षमा करोडौं भिडभाड हुने एतिहासिक ठाउँमा लकडाउनले भक्तजनको आवतजावत बन्द र पसलहरु पनि बन्द गरिएको छ ।
नेपाल सरकारले लगाएको लकडाउनको पालना गर्दै स्थानीय पुजारीहरु दैनिक रुपमा गढीमाई मन्दिरमा पुजापाठ र आरती गर्दै आएको मन्दिरको पुजारी मंगल चौधरीले बताए । हामी त नियमित रुपले माताको पुजापाठ गरि बिहान १२ बजे सम्म आफू मन्दिरमा बस्दै आएको पुजारी चौधरिले बताए । दिनभरिमा दुई चार जना स्थानीय पुजापाठ गर्न मन्दिरमा आउने गरेको र सोसल डिसटेनसिप अपनाई आफै पुजापाठ गर्ने गरेको वहाले बताए । बाहिरबाट भक्तजनहरु न आएपछी मन्दिरको आम्दानी घटेको पुजारीले बताए ।
विश्व प्रसिद्ध शक्ति पिठ गढीमाई मन्दिरमा हरेक पाँच बर्षमा करोडौं मानिसको भिडभाड हुने धार्मिक स्थलमा यति बेला कोरोना कोभिड १९ को संक्रमणले गर्दा नेपाल सरकारले लगाएको लकडाउनको कारण गढीमाई मन्दिर यति बेला सुनसान बनेको छन् । कोरोना कोभिड १९ को संक्रमण नेपाल न आओस् शक्ति पिठ गढीमाई माताले कोरोनालाई भगाओ माताले सबै नेपालीको कल्याण गरून् पुजारीले माता संग मागेको वहाले बताए ।