राजन कुमार बानिया

पोखरिया – बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बचाउन सरकारले गरेको लकडाउन कारण दैनिकी मजदुरी गरेर खानेहरुलाई धेरै दिन भएपछी समस्या देखिएकोमा पर्साको पोखरिया नगरपालिकाले बिहिबार राहत बितरण गरेका छन् । पोखरिया नगरपालिकाको सहयोगमा वडा नम्बर ३ बसनपुरका दलित , गरिब, बिपन्न परिवारहरुलाई बितरण गरिएको छ । पोखरिया नगरपालिकाको वडा नम्बर ३ बसनपुर , फुलवरियाका एक सय ६० जनालाई राहत बितरण गरिएको पोखरिया नगरपालिकाको नगर प्रमुख दिपनारायण रौनियारले जनाएका छन् ।

 

 

 

 

 

नगरप्रमुख रौनियारले भने प्रत्येक वडामा सर्बदलिय बैठक बसी दलित, गरिब ,अतिबिपन्न परिवारहरुलाई पहिचान गरि नगरपालिकामा जानकारी दिएपछी राहत खाद्यान समाग्री बितरण गरिएको बताए । नगरपालिकामा कुनै दलित, गरिब, बिपन्न, जनताहरु भाेकै बस्न नपरोस भन्दै सबैको घरको चुलो बरोस भन्दै खाद्यान समाग्री राहत बितरण गरिएको नगरप्रमुख रौनियारले बताए । खाद्यान राहत बितरणमा चामल २५ किलोग्राम ,मसुरो दाल २ किलोग्राम , खानेतेल एक किलोग्राम , नुन २ किलोग्राम , आलु पाँच किलोग्राम , प्याज दुई किलोग्राम ,मसौरा ५ सयग्राम, कपडा धुने साबुन २ वटा, नहाउने साबुन २ वटा रहेको नगरप्रमुख रौनियारले जनाएका छन् ।

 

 

 

राहत बितरण कार्यक्रममा उपमेयर सलमा खातुनले भनिन नगरबासीहरुलाई कोरोना भाईरसबाट बचन लकडाउनको पालन गर्न आग्रह समेत गरिन लकडाउनमा घर बाहिर नजान घरमा बस्न, तिन फिटको दुरी अपनाउन र साबुन पानीले हाथधुनुको साथै मास्क लगाएर बस्न आग्रह समेत गरिन । खाद्यान राहत समाग्री बितरण कार्यक्रम वडा अधयक्ष अजय कुमार गुप्ताको अध्ययक्षतामा समपन्न भएको थियो ।

 

 

 

 

राहत बितरण कार्यक्रममा संविधान सभा सदस्य रामेश्वर रौनियार, नेकपाका पारस प्रसाद तेली, शंकर प्रसाद यादव, नगरपालिकाको सामाजिक बिकास शाखा प्रमुख बिनोद पाण्डे , मेयरका स्वकिय राजु रौनियार, नेपाल प्रहरी , सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो । राहत बितरणमा तिन फिटको दुरी अपनाएर खाद्यान बितरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here