निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ कार्यालयले सोमवार वडाका ३३ जना सुत्केरी महिलाहरुलाई सम्मानसहित पोषण सामग्री र आर्थिक सहयोग प्रदान गरेको छ ।

 

वडा अध्यक्ष सुदर्शन बडाल, नगर कार्यपालिका सदस्य मिनमाया लामासहित वडा सदस्य जगतबहादुर न्यौपाने, पुण्यश्वरी श्रेष्ठ, इन्द्रकुमारी सुनुवार र वडा सचिव सपना ढुङ्गानाले सुत्करीहरुलाई १ हजार ५ सय नगद, आधा केजी घिउ र १ केजी मिश्रित गेडागुडीसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन । पोषण सामग्री र भत्ता रकम बुझ्न सुत्केरी महिलाहरु आफ्ना सहयोगीका साथ शिशु बोकेर कार्यालयमा आएका थिए ।

कार्यालयले चालूआर्थिक वर्षको साउन महिनादेखि सुत्केरी भएका र बच्चा जन्माएको ३५ दिनभित्र बच्चाको जन्मदर्ता गराएका महिलाहरुलाई सो सुविधा प्रदान गरेको हो । वडा सचिव ढुङ्गानाका अनुसार चालू आर्थिक वर्षमा वडामा ५० जना सुत्केर पोषण कार्यक्रमबाट लाभान्वित हुने छन । वडा नम्बर ९ वडा कार्यालयले अघिल्लो ४ वर्षदेखि सुत्केरी महिलालाई भत्ता र पोषण सुविधा वितरण गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here