जीतपुर,बाराको सिम्रौनगढ नगरपालिका र परवानीपुर गाउँपालिकामा नेकपा एमालेको जनसंगठन मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को पालिकास्तरीय कमिटी गठन भएको छ ।मानव अधिकार एलाईन्सले जिल्लाभित्र रहेका पालिकाहरुमा पालिकास्तरीय समिति गठन गर्ने क्रममा शनिवार सिम्रौनगढ नगरपालिकामा राजविर कुश्वाहाको अध्यक्षतामा नगरस्तरीय समिति गठन गरेको हो ।

नगर समितिको उपाध्यक्षमा मोतीलाल यादव, सचिवमा सुनिता जैसवाल, कोषध्यक्षमा तेजलाल मुखिया रहेका छन् । यसैगरी सदस्यहरुमा लवकुश शर्मा, सुदामा देबी राम, गुड्डी रहेका छन् ।
सिम्रौनगढ नगरपालिकाका नेकपा एमाले नगर अध्यक्ष महेन्द्र जैसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य सुनिलकुमार कुशवाहाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा मावन अधिकार एलाईन्स बाराकी ईन्चार्ज सरिता सापकोटा, नेकपा एमाले प्रदेश कमिटीका पूर्वसदस्य ताराचन्द साह, जिल्ला सल्लाहकार समितिका पूर्वसदस्य अफताब आलम, जिल्ला कमिटीका पूर्वसदस्य शिवमंगल राउत, रामएकवाल यादव, नगर सचिव दिपेन्द्र कुश्वाहालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मावन अधिकार एलाईन्सले बाराका अध्यक्ष अनिल तिवारीले सहजीकरण गर्नुभएको थियो ।त्यसैगरी परवानीपुरमा शुक्रवार सम्पन्न भेलाले उमेश महतोको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा यासिन मियाँ, सचिवमा रामजी महतो, कोषध्यक्षमा रामसती राम रहेका छन् । यसैगरी कमिटीको सदस्यमा भदै मियाँ, सुरेश साह, चन्देश्वर सर्राफ, रामजी पटेल, कुन्ती राम, निरज साह र कान्ती देवी साह चयन भएका छन् । भेलामा परवानिपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री पटेल, किसान महासंघका केन्द्रीय सचिव उमेश गुप्ता, मानव अधिकार एलाइन्सका बारा ईन्चार्ज सरिता सापकोटा, जिल्ला अध्यक्ष अनिल तिवारीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply