अनिल तिवारी
सिमरा –  नेपाल पत्रकार महासंघ बाराले बाराली पत्रकारहरुलाई कोरोनाको संक्रमणबाट बच्न समाग्री वितरण गरेको छ । सोमबार महासघले विश्व ब्यायापी रुपमा फैलदै गएको कोरोनाको संक्रमणबाट बच्न बाराका पत्रकारहरुलाई मास्क, डिटोल साबुन र फिनेल वितरण गरेको हो ।

 

 

 

बाराकै पहिलो दैनिक पत्रिका कृपा दैनिकको सहयोगमा संघका अध्यक्ष कमलकुमार उपाध्यायले संचार गृह तथा जील्लाका प्रत्येक मुख्य सहरमा सम्म आफै पुगेर सो समाग्री वितरण गर्नुभएको पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहताले जानकारी दिनुभयो ।

 

 

 

 

 

महासंघले बाहिर समाचार संकलन गर्ने क्रममा मुख्य रुपमा प्रयोगमा आउने सेनेटाईजर बजारमा नपाएको तर एक दुई दिन भित्रनै बाराली सम्पुर्ण संचारकर्मिलाई उपलब्ध गराउने गरी तैयारी गरेको समेत जानकारी गराउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here