वीरगन्ज,सेकेण्ड फेलोशिप क्रिकेट प्रतियोगिता २०२२ को उपाधि नेपाल पत्रकार महासंघ पर्साले प्राप्त गरेको छ । शनिबार वीरगन्जस्थित ज्ञानदा एकडेमीमा आयोजित प्रतियोगितामा रोटरी क्लबलाई ९ बिकेटले हराउदै पत्रकार महासंघ पर्सा बिजयी भएको हो ।
पहिलो ६ ओभरको खेलमा रोटरी क्लबले ६२ रन बनाएकोमा जवाफी व्याटिङ्गमा उत्रेको महासंघले ३ बल अगाडि नै १ बिकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । प्रतियोगितामा सफल खतिवडा, सदाम हुसेन र अरबिन्द पटेलले आक्रमक ब्याटिङ्ग गरेका थिए । महासंघका कप्तान भुषण यादवले चौका प्रहार गर्दैैै खेल जिताएका थिए । यादवको कप्तानीमा उत्रिएको महासंघको टोलीमा आरोहण साह, राम मेहता, बिनय कुशवाहा, कृष्णा कुशवाहा,आनन्द पटेल, तिवारी यादवले उत्कृष्ट प्रर्दशन गरेका थिए ।
बैंकर एशोसियनलाई पराजित गर्दै सुखद सुरुवात गरेको महासंघले सेमिफाईनलमा वीरगन्ज उद्योग वाणिज्य संघलाई पराजित गरि फाईनलमा प्रवेश गरेको थियो । प्रतियोगिता अन्तर्गत खेलिएको तीन वटै खेलको म्यान अफ दी म्याच महासंघका सदाम हसुेन र म्यान अफदी सिरिजको उपाधि पनि सदामले पाएका थिए ।
बलिङ्गतर्फ महासंघका सदाम हुसेनले ह्याट्रीक लिदै प्रतियोगितामा कुल ६ बिकेट लिदै ३२ रन बनाएका थिए । त्यस्तै प्रतियोगितामा सफल खतिवडाले २ तथा अरबिन्द पटेल र बिनय कुशवाहाले एक एक बिकेट हात पारेको नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले जानकारी दिनुभयो ।


















