sf7df8f}F, ( h]7 /fli6«o;ef a}7s /fli6«o;efsf] cfh a;]sf] a}7sdf ;xefuL ;b:ox? . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले अवरोध गरेपछि राष्ट्रिय सभाको शुक्रबारको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरि स्थगन गरिएको छ ।

सभाको पहिलो बैठकमा बर्खे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्ने क्रम सकिएपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएपछि अध्यक्ष नारायण दाहालले १५ मिटेनका लागि बैठक स्थगन गर्नुभएको थियो ।

दोस्रो बैठक शुरु हुनासाथ कांग्रेसका सांसदले आफ्नो स्थानबाट उठेपछि अध्यक्ष दाहालले दलका सांसद कृष्णबहादुर रोकायलाई बोल्न समय दिनुभयो । सांसद रोकायले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने बताउनुभयो ।

विपक्षी सांसदको अवरोध कायमै रहेपछि अध्यक्ष दाहालले यही जेठ १ गते मङ्गलवार बेलुकी साढे ५ बजेसम्मका लागि बैठक स्थगन गर्नुभयो ।

Leave a Reply