दुष्यन्त चौधरी
कलैया – नेपाल परिवार दलका बाराका जिल्ला अध्यक्ष रामचन्द्र प्रसाद चौधरीले आफ्नो गाउँका स्थानीयहरूलाई माक्स वितरण गरेका छन् । विश्व व्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरसबाट बच्नका लागि नेपाल परिवार दलका जिल्ला अध्यक्ष चौधरीले माक्स वितरण गरेका छन् ।
चौधरीले देवताल गाउँपालिकाको वडा नम्बर ४ पिप्राढीमा रहेका दलित , बालबालिका , महिला , अपांग तथा बृद्वबृद्वाहरूलाई माक्स वितरण गरेको हो । स्थानीय दलित तथा गरिबहरू माक्स खरिद गर्न नसक्ने भएकाले माक्स वितरण गरिएको सुनाए ।
साथै कोरोना भाईरसबाट बढीमात्र बृद्वबृद्वा तथा बालबालिका संक्रमणमा पर्ने भएकाले बृद्वबृद्वा तथा बालबालिकाहरूलाई बढीरूपमा माक्स वितरण गरिएको जनाए । कोरोना भाईरस हावाको माध्यमले सर्ने भएकाले माक्स वितरण गरेको जानकारी दिए ।
बजारमा माक्स अभाव रहेकोले चौधरीले आफै पाँच सय माक्स सिलाएर वितरण गरेको बताए । साथै स्थानीय प्रसाशन तथा स्थानीय सरकारले माक्सको कालोबजारी भईरहेकाले रोक्न पहल गर्नुपर्ने जनाए । त्यसैगरी स्थानीयबासीहरूलाई साबुनपानीले हात धोएरमात्र कुनै काम गर्न आग्रह गरेका थिए ।