पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको साना किसान कृषि सहकारी मनहर्वाले शनिवार बार्षिक प्रगति समीक्षा गोष्ठी आयोजना गरेको छ ।संस्थाको सभाकक्षमा भएको सो गोष्ठीमा आर्थिक वर्ष २०७९-०८० को बार्षिक कारोबारको अवस्थामाथि समीक्षा गरिनुको साथै आगमी दिनमा गरिने कार्यक्रमहरुको विषयमा छलफल भएको थियो ।कार्यक्रममा अघिल्लो आर्थिक वर्षमा संस्थाले २ करोड १ लाख ९ हजार मुनाफा गरेको जानकारी दिइएको थियो । लगानीमा रहेको कर्जा र सोको ब्याज तुलनात्मक रुपमा वृद्धि भएपछि सोको असुलीमा विशेष ध्यान दिने विषयमा समेत गोष्ठीमा छलफल भएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।यस्तै आगामी दिनमा चालिने कदम तथा थप हुने सेवा संचालनका संदर्भमा गोष्ठी केन्द्रीत थियो । संस्थाको आगमी १९ गते बस्ने २१औं बार्षिक साधारणसभा सन्दर्भमा पनि छलफल भएको अध्यक्ष खडकाले बताउनुभयो ।कृषि कार्यक्रमसँगै कृषि सामाग्री पसल, पशु सुरक्षण कार्यक्रमसहित दुग्ध संकलन केन्द्र संचालन गर्दै आएको सहकारीमा ३ हजार एक सय १ जना सदस्य छन् ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा मुख्य कार्यालय रहेको संस्थाले कलैया उपमहानगरपालिकाको उत्तर झिट्कैंया, कलैया र महेशपुरमा केन्द्र संचालन गरी सदस्यहरुलाई सेवा दिँदै आएको छ ।बार्षिक करिब ६० करोडको कारोबार गर्दै आएको संस्थाले कृषि सुलभ कर्जा र पशुपालन तथा तरकारी उत्पादन कर्जा सरल ब्याज दरमा लगानी गर्दै आएको जनाएको छ ।गोष्ठीमा संस्थाका संंचालक समितिका सदस्य, सेवा केन्द्र उपसमितिका सदस्य, लेखा समितिका पदाधिकारी एवं सदस्यहरु र संस्थाका कर्मचारीसमेत गरी ४५ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply