सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका – २४ हरपुरमा निर्माण गर्न लागिएको श्रीराम जानकी मन्दिरको शिलान्यास गरिएको छ ।सोमवार मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले मन्दिरको शिलान्यास गर्नुभएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर स्तरीय बजेटबाट १५ लाख रुपैयाँको लागतमा हरपुरमा श्रीराम जानकी मन्दिरको निर्माण गर्न थालिएको हो । उपभोक्ता समितिमार्फत निर्माण गर्न लागिएको मन्दिरको निर्माण कार्य यही वैशाख १५ गतेभित्र सक्ने गरी सम्झौता गरिएको समितिका सदस्य अशोकप्रसाद यादवले जानकारी दिनुभयो ।

Leave a Reply