निजगढ – कोरोना संक्रमण जोखिम न्युनिकरणमा खासै चासो नदेखाएको भन्दै निजगढका प्रमुख राजनितिक दलहरुको बैठकले निजगढ नगरपालिका विरुद्ध हिजो खेद व्यक्त गरेको छ । निजगढस्थित नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काग्रेश, राप्रपा र राजपाका अध्यक्षहरुको बैठकपछि संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा कोरोना भारइसको जोखिम सामना गर्न नगरपालिकासंग आपतकालिन राहत कोष स्थापना गर्न, निजगढमा लकडाउन गर्न र नगरपालिकाले स्थापना गरेको भनिएको आइसोलेशन कक्ष विस्तर गर्न पनि ध्यान आकर्षण गराएको छ ।

 

 

 

 

त्यसैगरी बैठकले नगरपलिकाले स्थानीय राजनितिक दलका नेता कार्यकर्तासंग समन्वय नगरी काम गरेको भन्दै सोकोलागि स्थानीय स्तरका सबै संघसस्थासंग हातेमालो गरेर काम गर्न आह्वान गर्दै आफनो तर्फबाट जस्तो सुकै सहयोग गर्न पनि तत्पर रहने प्रतिवद्धता जनाएको नेपाली काग्रेश निजगढ नगर अध्यक्ष महेशी कुवरले जानकारी दिनुभयो । विज्ञप्तिमा नेकपाको तर्फबाट नगर अध्यक्ष बेनीबहादुर लामा, नेपाली काग्रेशबाट महेशी कुवर, राप्रपाको तर्फबाट अध्यक्ष खडगप्रसाद उप्रति र राजपाको तर्फबाट मोजहर मन्सुरले हस्ताक्षर गर्नुभएको छ ।

 

 

 

 

 

 

यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपा निजगढ नगर कमिटीले हिजो एक विज्ञप्ति निकालेर कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै जिम्मेवारीका साथ उच्च सर्तकताका साथ काम गर्न नगरपालिकासंग आग्रह गरेको थियो । नगर अध्यक्ष दिलबहादुर लामा र बेनीबहादुर मोक्तानव्दारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा निजगढभित्र लाग्ने हाटबजार, कार्यालयले गर्ने सभा सम्मेलन बैठक र भेला आयोजना नगर्न नगरपालिकासंग आग्रह गरिएको थियो । त्यसैगरी नेकपाले कोरोना संक्रमण नियन्त्रणको लागि नगरपालिकालाई सहयोग गर्न तत्पर रहेको भन्दै काम विशेषले बाहेक जभाभावी घरबाहिर ननिस्कन तथा सरसफाईमा पुर्णरुपमा ध्यान दिन पनि नगरबासीमा अनुरोध गरेको छ ।

 

 

 

 

 

 

यसैबीच निजगढ खानेपानि तथा सरसफाई उपभोक्त संस्थाले आजबाट महशुल भुक्तानि काउन्टर बन्द गर्ने भएको छ । विश्वव्यापि रुपमा फैलिरहेको कोरोना संक्रमणको जोखिम न्युनिकरणमा सहयोग पुर्याउने उद्देश्यले चैत्र ११ गते देखि १७ गते सम्म खानेपानि महशुल भुक्तानि काउन्टर बन्द गर्ने निर्णय गरेको हो । महशुल भुक्तानि काउन्टर बाहेक कार्यलयका अन्य कामहरु भने संचालन हुने संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोर्ईरालाले बताउनुभयो ।

Leave a Reply