अनिल तिवारी
सिमरा –  सिमरा शुभारम्भ एकेडेमी स्कुल सिमरा बाराले कक्षा ११ र १२ का विद्यार्थीहरुका लागि मोटिभेसन तालिमको आयोजना गरेको छ । विद्यालयमा किताबे ज्ञानका साथै समाजीक ब्यवहारको विकास गर्ने उद्येश्य सहित यस स्कुलले यो तालिमको आयोजना गरेको हो ।  तालिममा यूवाहरुका लागि साँचो जीवन निर्माण (The Real Life Education For Rising Youth) भन्ने विषयमा विरगंज मानव सेवा आश्रमका दिवेस मानवसेवाले प्रशिाक्षण दिनुभएको थियो भने “उद्यमशिलताका लागि महिला शसक्तिकरण” भन्ने विषयमा विरगंज पब्लिक क्याम्पसका संचालक डा. दिपक शाक्यले प्रशिक्षण दिनुभएको थियो ।

 

 

यस तालिमबाट विद्यार्थीहरुले ब्यवहारिक ज्ञान आर्जन गर्नुका साथै समाजीकिकरणबाट टाडा हुदैँ गएको हाम्रो समाजलाई पुनः स्थापित गर्न बल पुग्ने कार्यक्रम आयोजक विद्यालयका संचालक डा. राहुल झाले जानकारी दिनुभयो । डा झाको नेतृत्वमा आयोजीत यस तालिममा लालप्रसाद पुडासैनी, अनिल चौधरी, सुनिल कुमार झा लगाएत ६० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । तालिम पश्चात कार्यक्रममा सहभागी विद्यार्थीले विद्यालयले आयोजना गरेको यस्ता कार्यक्रमले आफुहरुलाई किताब बाहेक ब्यवहारिक ज्ञान आर्जन गर्न सहज भएको र अगामी दिनमापनि यस्ता कार्यक्रमको आयोजना गर्न आग्रह गरेका छन् ।

Leave a Reply