फाईल तस्विर

सर्लाही । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा सर्लाहीस्थित मालपोत कार्यालयका एक नायब सुब्बा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भूमि प्रशासन कार्यालय ९मालपोत० को प्रशासन फाँटमा कार्यरत नायब सुब्बा निर्मल तिमिल्सिना रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम मिलाइदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए । सोही रकमसहित उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले घटनाको पुष्टि गर्दै यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Leave a Reply