कलैया,भूमि सुधार तथा मालपोत कार्यालय बारा कलैयामा आर्थिक वर्ष २०८०÷०८१ मा राजस्व सङ्कलनमा ५.२ प्रतिशतले वृद्धि भएको छ ।
कार्यालय प्रमुख रमेश पौडेलले ०८०-०८१ मा राजिनामा, दृष्टिबन्धक, लिखत पारित र रजिष्ट्रेशन करबाट १८ करोड ७० लाख एक हजार ९४ रुपियाँ तथा पुँजीगत लाभकर ११ करोड चार लाख ८३ हजार नौ सय ४७ रुपियाँ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।यसैगरी, दाखिल खारेज, नामसारी, संशोधन, रोक्काको कर पाँच करोड ८१ लाख ३९ हजार दुई सय ४४ रुपियाँ र मुखपत्र स्वच्छता कर तीन करोड ५८ लाख २१ हजार आठ सय नौ रुपियाँ गरी ३९ करोड १४ लाख ४६ हजार ९४ राजस्व सङ्कलन भएको लेखाफाट प्रमुख बजरङ्गीप्रसाद जैसवालले जानकारी दिनुभयो ।

त्यस्तै, गतवर्ष राजीनामा, दृष्टिबन्धक, लिखत पारित, रजिष्ट्रेशन कर २० करोड ६१ लाख ६७ हजार चार सय ३० रुपियाँ, पुँजीगत लाभ कर १० करोड १० लाख ७२ हजार ६ सय ६४ रुपियाँ, दाखिल खारेज, नामसारी, संशोधन, रोक्का कर तीन करोड १५ लाख ९५ हजार एक सय ३१ रुपियाँ र मुखपत्र स्वच्छता बापतको कर तीन करोड ३४ लाख १६ हजार तीन सय २६ रुपियाँ गरी ३७ करोड २२ लाख ५१ हजार पाँच सय ५१ रुपियाँ राजस्व सङ्कलन भएको उहाँको भनाई छ । आर्थिक वर्ष ०८०-८१ मा रजिष्ट्रेशन करमा भने गएको अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले कमी हुन गएको छ ।
नेपाल सरकारले महिलाको नाममा जग्गा पारित गरेमा सो वापत लाग्ने करको दस्तुर २५ प्रतिशतले छुट भएपछि पुरुषकोभन्दा महिलाको नाममा ५० प्रतिशतभन्दा बढी खरिद र नामसारी हुने गरेको सो कार्यालयका सूचना अधिकारी सागर साहले बताउनुभयो ।

Leave a Reply