निजगढ, ४ असोज– संविधान दिवसको अवसरमा लायन्स क्लव अफ निजगढ सिटीले निजगढ नगरपालिका वडा नंम्बर ९ मा रहेको आर्यघाट परिसरमा रोपिएका विरुवामा शनिबार तारजाली लगाएर संरक्षण गरेको छ ।
क्लवले यसअघि गरेको वृक्षारोपणमा संरक्षण निम्ति निजगढ नगरपालिकाले उपलब्ध गराएको तारजाली लगाएको हो । कार्यक्रममा लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट मनोज रेग्मी, पास्ट जोन चियर पर्सन महेश न्यौपाने, पास्ट प्रेसिडेन्ट खड्गप्रसाद उप्रेती, लायन्सका सदस्य तथा गौरीशंकर फाउण्डेशनका अध्यक्ष खड्गराज मनाली, आर्यघाट व्यवस्थापन समितिका सचिव रामप्रसाद ओझालगायत लायन्स क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो ।
यसअघि पनि क्लवले त्यहा रोपिएका विरुवामा माटो थपेर गोडमेल गरेको थियो । क्लवका पुर्व अध्यक्ष उप्रेतीले विरुवा रोप्नु भन्दा पनि रोपिएका विरुवाको रेखदेख र सुरक्षा महत्वपुर्ण भएकोले नियमित संरक्षणअन्तरगत तारजालीको घेराबारा गरिएको बताउनुभयो ।