आरके राजन
सिम्रौनगढ,पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले जनताको समस्या बारे बुझ्ने र गाउँमा विकासका सम्भावनाहरुको खोजी गर्ने क्रममा पार्टीले मधेस जागरण अभियान शुरु गरेको बताउनुभएको छ ।
अभियान अन्तर्गत बिहीवार सिम्रौनगढ नगरपालिका– २ अमृतगन्जको रानिवास बजारमाआयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।

शिक्षा, स्वास्थ्य,रोजगारी सम्बन्धि अवस्थाको बारेमा जनताको गुनासो सुन्ने अभियानको उद्देय रहेको उहाँको भनाई छ । ‘सिम्रौनगढ ऐतिहासिक, पर्यटकीय र धार्मिक स्थल हो उहाँले भन्नुभयो, यो स्थलको समस्या र शंभावना बुझेर विकासको लागि योजना बनाउन आवश्यक छ ।’ उहाँले सिम्रौनगढ नेपालको एउटा गर्व गर्न लायक स्थान भएको बताउँदै प्रशिद्ध स्थलको अवलोकन गर्न पाउँदा खुसी लागेकोपनि बताउनुभयो ।

‘यो क्षेत्र कृषिको लागि पनि महत्वपूर्ण छ, उहाँले भन्नुभयो, किसानको कृषि उपजको सही बजारीकरण र व्यवस्थापनको लागि राज्यले केही थप काम गर्न जरुरी भएको हामीले महशुस गरेको छौ ।’ उहाँले भन्नुभयो ।कुनै पनि नेताले देशको लागि राम्रो काम नगरेको भनेर प्रचार भइरहेको बताउदै उहाँले नेताहरुप्रति घृणा फैलाउने र देशलाई सामान्ति निरंकुशतातर्फ लैजाने अभिप्रायले यस्तो काम भएको पनि दाबी गर्नुभयो ।अन्तरक्रिया कार्यक्रममा साना किसान सहकारी सस्था लि. सिम्रौनगढका अध्यक्ष ललिता देबी तात्वा र उद्योगवाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु कुशवहाले प्रचण्डलाई मायाको चिनो प्रदान गरेका थिए ।

सो अवसरमा नेकपा माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष अग्नि सापकोटा, पम्पा भुषाल, महासचिव देवप्रकाश गुरुङ्ग, उपमहा सचिव एंव मधेश प्रदेश ईन्चार्ज मात्रिका प्रसाद यादव, अर्का उपमहा सचिव गीरीराजमणि पोखरेल, अभियानका बारा पर्सा कमान्डर महेन्द्र पासवान लगायत केन्द्रीय र जिल्ला स्तस्तरी नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सिम्रौनगढ– ६ सलेमपुरस्थित सहिद परिवारकी सदस्य उर्मिला कुशवाहाको अध्यक्षतामा भएको सो कार्यक्रमको सन्चालन नेकपा माओवादी केन्द्र सिम्रौनगढ नगर कमिटी अध्यक्ष श्यामकिशोर प्रसाद यादवले गर्नुभएको थियो ।
पूर्वप्रधानमन्त्री प्रचण्डसहितको नेताहरुको टोलीपार्टीको तराई मधेश जगरण अभियानअन्तर्ग बुधवार सिम्रौनगढ– ६ टोल सलेमपुर आइपुग्नुभएको थियो । सो क्रममा स्थानीय पार्टी कार्यकर्ताहरुले टोलीको भव्य स्वागत गरेका थिए । राती सलेमपुरमा बास बसेपछि बिहीवार बिहानबाट उहाँले मर्निङ वाकको क्रममा सिम्रौनगढ कन्काली मन्दिर, ईसरा पोखरी, रानिवास रामजानकी मन्दिरलगायतका स्थानहरुको अवलोकन र स्थानीयबासीसंग भेटघाट पनि गर्नुभएको थियो ।
अध्यक्ष प्रचण्डले सिम्रौनगढको कचोर्वास्थित नयाँ बजारमा किसान नेता स्व. हरिहर यादवको सालिकमा मल्यार्पण गरी दिउसो कलैयातर्फ प्रस्थान गर्नुभएको थियो ।

Leave a Reply