अनिल तिवारी
सिमरा –  सिमरा विमान स्थलले शनिवारबाट नोभेल कोरोना भाईरसबाट बच्न यात्रुको स्वास्थ्य परिक्षण डेस्क संचालनमा लयाएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाईरस ‘कोभिड–१९’बाट सतर्कता अपनाउन यस बिमानस्थलले शनिवारबाट यात्रुको स्वास्थ्य परिक्षण डेस्क संचालनमा ल्याएको हो ।

 

 

 

 

कोरोना स्रक्रमणलाई मध्येनजर गर्दै बिमानस्थल भित्रिने यात्रुहरुलाई थर्म स्क्यानर मार्फत शरीरको तापक्रम जाँच गराएर मात्रै प्रवेश दिईने बुद्ध एयर सिमराका माधव अधिकारीले जानकारी दिनुभयो । भारतीय यात्रुको मुख्य चाप रहने यस विमान स्थलमा कुनै एक यात्रुमा संक्रमण भए सँगै बिमानमा यात्रा गर्ने अरुलाई पनि सर्न सक्ने भन्दै बिमान प्रबेश अगावै सावधानी अपनाईएको उहाँले जानकारी दिनुभयो ।

 

 

 

 

 

त्यसैगरी यात्रुहरुलाई यस सम्बन्धी जानकारी दिने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकासँगको सहकार्यमा विमानस्थलमा हेल्प डेस्कको स्थापन गरी आवतजावत गर्ने यात्रुहरुलाई सेनेटाइजर लिक्वट प्रयोग गर्न लगाउने र कोरोनाबाट बच्ने उपाय उल्लेख गरिएको पर्चा बितरण गर्ने गरिएको बताइएको छ । दैनिक सात ओटा उडान अवतरण हुँदै आएको बिमास्थलमा बुद्ध एयरले (शनिबार) देखी यात्रुहरुको सामान्य स्वास्थ्य परिक्षण गराएर मात्रै बिमानमा यात्रा गराउन थालेको हो ।

Leave a Reply