छिमेकी देश चिनबाट शुरु भएको प्राण घातक रोग कोरोना भाइरस अहिले बिश्वका ८० मुलुकमा फैलिएको छ । ८० देशमा फैलिएको कोरोनाको त्रासले नेपाललाई पनि अछुतो रहन दिएको छैन । कोरोनाका कारण बिश्वका लगभग सबै देश उच्च जोखिममा रहेको बिश्व स्वास्थ्य संगठनले बताइ सकेको छ र नेपाल पनि उच्च जोखिममा छ ।
नेपाल उच्च जोगिखमा रहेसंगै सर्तकता अपनाउनका लागि सरकारी स्तरबाट नै आह्वान भइसकेको छ । नेपालमा कोरोना भित्रियो भने थेग्न धेरै गाहे हुने भएकाले सावधानी अपनाउनु नै महत्वपूर्ण कुरा हो । यही त्रासकाबीचमा तराई मधेश क्षेत्रमा होली पर्व भित्रिएको छ ।
होलीको माहौल शुरु भइसकेको छ । तराई मधेशमा होली भित्रिएसँगै बिभिन्न चहलपहल शुरु भएको छ तर होलीमा यसपाली सावधानी अपनाउन आवश्यक देखिन्छ । हरेक नागरिक आफैले सावधानी अपनाउने हो र अरुलाई पनि सचेत हुनका लागि आग्रह गर्ने हो । अब कोरोनाको त्रासबाट आफू पनि बचौं र अरुलाई पनि बचाउँ ।