नेपालमा कुनै न कुनै हिसावले भ्रष्टचार बढेको पाइन्छ । भ्रष्टाचार न्यूनीकरण सन्दर्भमा विश्वव्यापी ‘अनुभूति सूचकांक’ मा पाँच वर्षभित्र दश अंक बढाउने ‘महत्त्वकांक्षी लक्ष्य’ सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रणनीति सार्वजनिक गरेको छ। उसको पाँचबर्से रणनीतिमा भ्रष्टाचारविरुद्ध अन्तर्रा्ष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकांकमा नेपालको ‘भ्रष्ट छविको दाग’ मा कमी ल्याउन खोज्नु सकारात्मक हो। नेपालको शासकीय क्रियाकलाप र बढ्दो अराजकताबीच अख्तियारको रणनीतिलाई ‘महत्वकांक्षी’ भन्नुपर्ने स्थिति छ। किनभने सरकारी संयन्त्र र निजी क्षेत्रका क्रियाकलाप हेर्ने हो भने दुवैतिर ह्वात्तै सुधारिने संकेत देखिन्न।

 

 

 

नेपालको भ्रष्टाचार सूचकांक तल–माथि पर्ने क्रम निरन्तर छ। नेपाल सन् २००४ बाट ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचीमा सूचीकृत हुन थालेको हो। नेपालले सन् २०१७ र २०१८ मा ३१ अंक प्राप्त थियो। सन् २०१० मा २२ अंक थियो, त्यसपछि कहिले दुई अंक त कहिले एक अंकले तलमाथि पर्ने क्रम यथावत् छ।सन् २०१६ सम्म नेपालले सधैंभरि ३० भन्दा तल पाउने गथ्र्याे। एक सय पूर्णाङ्क सूचकांकमा ‘३०’ अंक भन्दा कम प्राप्त गर्ने देशहरूमा भ्रष्टाचार व्याप्त मुलुकको कोटीमा राखिन्छ।

 

 

 

 

विश्वभर नै उसको सूचकांकलाई विश्वसनीय मानिन्छ। स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्ने लगानीकर्ता र दातृ राष्ट्रले उसैको प्रतिवेदन आधार मान्दै लगानी गर्ने या नगर्ने निर्णय लिन्छन्। हरेक देशले उसको सूचीलाई चासोपूर्वक लिने गर्छन्। त्यसकारण पनि ट्रान्सपरेन्सी सूचकांकमा अंक बढाउने अख्तियारको अभियान सकारात्मक मानिनुपर्छ।

Leave a Reply