लोकतन्त्रिक राज्यमा कानुन सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा हो । कानुनी राज्य लोकतन्त्रको पहिलो आधार हो । कानुन कार्यान्यवनका लागि सरकारले जस्तो पनि कदम चाल्नुपर्छ भने कानुुन सबैका लागि बराबर पनि हुनुपर्दछ तर नेपालको सवालमा भने ठूलाबडाहरुलाई कानुनले छुदै नछोएका कारण पनि समस्या नै समस्या सृजना भइ वर्तमान शासन प्रणालीमाथि नै प्रश्न उठेको देखिन्छ । तर, कानुनभन्दा ठूलो चाहि कोही हुनै सक्दैन ।बुुधवार एकाएक पहिला माओवादी रहेका र अहिले एमाले भएका टोपबहादुर रायमाझीका बावुछोराको बिषयमा समाचार आएको छ । नेपालमा बस्दै आएका शरणार्थीको बिषयमा उनीहरुको कुरा आएको र उनीहरुका बिरुद्धमा पक्राउ पूर्जी जारी भएको कुरा आएको छ । रायमाझी पहिला गृहमन्त्री पनि भएका व्यक्ति हुन् तर यसैका आधारमा उनलाई उन्मुक्ति दिन कुनै हालतमा हुदैन ।उनीहरुलाई तत्काल नियन्त्रणमा लिएर अनुन्ंधान अगाडि बढाउनु पर्दछ । हो, पक्राउ पूर्जी जारी हुदैमा उनीहरुको गल्ती नहुन पनि सक्छ तर यसो भन्दैमा उनीहरुलाई नियन्त्रणमा लिने बिषयमा भने प्रहरीले आलटाल गर्न हुदैन । तत्काल एक्सनमा गएर उनीहरुलाई पनि पक्राउ गरी कानुनी राज्यको अनुभूति गराउन आवश्यक देखिन्छ ।


















