आरके राजन

सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ कन्काली माध्यमिक विद्यालयको पारङ्गन्मा शनिवार बृहद निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।नेपाली सेनाको श्री ज्वाला दल गण कलैयाको आयोजनामा भएको सो निःशुल्क स्वास्थ्य शिविरमा बाल रोग, स्त्रीरोग, अँखा रोग, नाक, कान, घाँटी, छाला, दात तथा अर्थोपेडिक र जेनरल मेडिसिनका बिरामीहरुको चेकजाँच गरि उनीहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।शिविरमा सिम्रौनगढ ईलाकाका १ हजार २ सय जनाले स्वास्थ्य परीक्षण गरेर सेवा लिएका थिए । सेवा लिनेमा पुरुष ४००, महिला ७०० र बालबालिका १०० रहेका छन.। शिविरमा नेपाली सेनाका डा.मेजर कृष्णदेव शाह लगायतका चिकित्सकहरुले बिरामीहरुको चेकजाँच गरेका थिए ।

Leave a Reply