सरकारले फागुन २१ गतेका लागि चुनावको घोषणा गरेको छ । कात्तिक महिनाको अब बाँकी दिन बिर्सने हो भने जम्माजम्मी चार महिना चुनाव आउन बाँकी छ । अब चुनावको रौनक पनि देखिन पर्ने हो । तर चुनाको माहौल कतै बनेको देखिदैन । अब त लगभग चाडवाड पनि सकिएको छ । अब चुनावको रौनक निकै अगाडि बढ्न पर्ने हो तर बढिरहेको देखिदैन । यसमा मुख्य त सरकारकै दोष देखिन्छ । वर्तमान सरकारबाट चुनाव हुनेमा मुख्य त राजनीतिक दलहरु विश्वस्त छैनन् ।

दलहरुले विश्वास गर्न नसकेको अवस्थामा चुनाव समयमा हुने कुरा पनि आउन । त्यसैले अब चुनावको बातावरण चैं बनाउनु पर्दछ । यसका लागि सरकारले केही प्रयास गर्न खोजेको जस्तो पनि देखिन्छ तर सफलता हासिल भएको छैन । अब सबैको बिश्वासका लागि एक सर्वपक्षीय सरकार बनाउन आवश्यक छ । जेनजी र राजनीतिक दल सम्मिलित सरकार बनाउदा बिश्वास हुने देखिन्छ ।

जेनजीको एक समूहले भने जस्तो दललाई बाहिर राखेर पनि चुनाव बन्दैन र जेनजीहरुलाई अलग राखेर दल मात्रैको सरकारले पनि समस्या समााधान गर्दैन । त्यसैले यसमा अब सर्वपक्षीय सरकार आवश्यक छ र यसका लागि राष्टिय सहमति जरुरी छ र यो पहल सुशीला कार्कीबाट नभए रामचन्द्र पौडेनबाट हुनुपर्दछ । प्रधानमन्त्रीका सवालमा कार्कीलाई स्वीकार गर्दा पनि फरक चैं पर्दैन ।

Leave a Reply