कृष्ण मोहन साह

सेढवा,ग्रामीण पत्रकार समाज पर्साको अध्यक्षमा धर्मेन्द्र चौरसिया चयन हुनुभएको छ । पर्साको ग्रामीण भेगमा रही पत्रकारीता गर्दै आएका पत्रकाहरुको भेलाले चौरसियाको अध्यक्षतामा १३ सदस्यीय ग्रामीण पत्रकार समाज पर्साको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।पर्साको प्रमुख पर्यटकीयस्थल ठोरीको राईधारामा शनिबार सम्पन्न भेलाबाट ग्रामीण पत्रकार समाजको उपाध्यक्षमा प्रमोद यादव, उपाध्यक्ष (समावेशी) मा ओमप्रकाश चौधरी, सचिवमा बलराम शुक्ला, सहसचिवमा राजन बाँनिया र शाहरुख मन्सुरी तथा कोषाध्यक्षमा कृष्णमोहन साह चयन भएका छन् ।यस्तै सदस्यमा माधव तिमिल्सिना, चिरञ्जीवी सापकोटा, रामकिशोर चौधरी, रामजी यादव, चन्द्रशेखर प्रजापति र मिनी पञ्जियार पनि सर्वसम्मत चयन भएका छन् ।नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यता तथा वरिष्ठ पत्रकार गोबिन्द प्रताप श्रेष्ठको सभापतित्वमा भएको भेलामा पर्सा ग्रामीण सूचना केन्द्र पर्साका पूर्वउपाध्यक्ष लालबाबु बानियाँ, पत्रकार राजन रौनियारलगायतका पत्रकारहरुको पनि सहभागीता थियो ।

Leave a Reply