राजन कुमार बानिया
पोखरिया – होलीको लागी ग्रामिण नाका हुदै भारतबाट नेपाल तर्फ अबैध रुपमा भित्रयाउने काम ब्यपारीहरु गरिरहेकोले शनिबार पर्साकाे पोखरीया नगरपालिका वडा नम्बर ४ बाट अवैैध १० वटा खसी बोका प्रहरीले पक्राउ गरेकाे छ । भारतबाट भंसार छली चोरी निकासी गरी अवैध रुपमा ल्याउदै गरेकाे खसी बोकाहरु ईलाका प्रहरी पोखरियाले नियन्त्रणमा लिएकाे हाे ।
प्रहरी टोलीले रु १ लाख २० हजार मुल्य बराबर १० वटा खसी बोका नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । नियन्त्रमा लिएकाे खसी अवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाइएकाे ईलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले बताए ।