मुलुक आज संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । यो ब्यवस्था आउनुमा केवल सतहमा देखिएका नेताहरुको मात्रै योगदान छैन । हजारौंको बलीदान र तपस्याबाट मात्रै यो परिवर्तन संभव भएको हो । यो परिवर्तनका लागि नागरिकहरुले रगतको खोलो बगाएका छन् । रगतको खोलो बगाएर प्राप्त भएको उपलब्धीको रक्षा गर्नु हरेक नेपालीहरुको दायित्व हो तर पछिल्ला दिनमा नेपालमा अहिलेका नेताहरुबाट नै परिवर्तन भएको होकी भन्ने लागेको छ ।

 

 

 

 

 

 

 

मुलुकमा भएका सशस्त्र संघर्षका क्रममा नेपालमा हजारौंले बलिदान गरेका छन् । सशस्त्र संघर्षको नेतत्व प्रचण्डले गरेको हुनाले बढी आक्रोश उनीमाथि हुनु स्वभाविक पनि होला तर यसको दोषी प्रचण्ड मात्रै त होइनन् । सबैले लिन आवश्यक छ तर आक्रोश प्रचण्डमाथि बढी देखिएको छ ।

 

 

 

 

 

शहिद परिवार र तिनको ब्यवस्थान नभएका कारण पनि आक्रोश बढेको हो । आइतबार काठमाडौंमा प्रचण्डमाथि भएको घटना एक स्वभाविक पनि थियो । परिवारका सदस्यहरु गुमाउनु पर्दाको पीडा त्यो परिवारका सदस्यलाई मात्रै थाहा हुन्छ । त्यसैले पनि यस्ता कुराहरुको ब्यवस्थापन हुन सकेन भने फेरि नदामेहोरिएला भन्न सकिन्न ।

Leave a Reply