दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिकामा एक समारोहबीच शनीवार पूर्ण खोप सुनिश्चित तंथा दिगोपना पालिका घोषणा गरिएको छ ।गाउँपालिका अध्यक्ष अशोककुमार जयसवालले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेपछि गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष जयसवालको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी राय प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।गाँउपालिकाको सभाहल खोपवामा भएको उक्त घोषणा सभामा जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रतिनिधि राघवेन्द्र कर्ण, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार चौधरी, वडा नम्बर २ को वडा अध्यक्ष जोगिन्द्र साह कलवार, वडा नम्बर ३ का वडा अध्यक्ष उमेशप्रसाद साह, वडा नम्बर ५ को वडा अध्यक्ष मैनेजर चौधरी, जनस्वास्थ्य निरीक्षक बिनोदप्रसाद चौधरी, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश चौधरी, पालिकाभित्र रहेका सबै वडाका स्वास्थ्य चौकीका प्रमुखहरु, स्वास्थ्यकर्मी कर्मचारी, स्थानीय जनप्रतिनिधिहरु महिला स्वम्सेविका, संञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।गाउँपालिका अध्यक्ष जयसवालले ब्यानर पढेर उद्धाटन गरेको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संञ्चालन योजना अनुगमन प्रमुख रंञ्जितकुमार साहले गर्नुभएको थियो ।

Leave a Reply