हेटौंडा – मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरको आयोजनाा आइतबार हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ६ मा एक दिवसीय कानुनी सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

 

 

 

 

 

 

 

वडा नम्बर ६ कय वडा अध्यक्ष अर्जुन चौलागाइको प्रमुख आतिथ्यतामा र मानव अधिकारकय लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष टीका पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ६ की मानव अधिकारका महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष रुपमा लुइटेल लगायतले आफ्ना धारणा राख्नु भएको थियो ।

 

 

 

 

 

 

 

कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौलागाइले आफ्नो वडाले एकल महिलाहरुको जिविका पार्जनका लागि एक लाख रकम बिनियोजन गरिएको जानकारी दिनुभयो । शारदा चौलागाइको संचालनमा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुलाई एकल महिलाहरुको बर्तमान कानुनको अवस्थाका बिषयमा जिल्ला कानुनी सहायता समिति मकवानपुरकी अधिवक्ता अप्सरा बस्नेतले जानकारी दिनुभएको थियो ।

Leave a Reply