वीरगन्ज महामनगरपालिका मुुलुकको ६ महानगर मध्येको एक हो । यहाका मेयर अख्तियारको घेरामा रहेको कुरा सार्वजनिक भएको छ । स्थानीय तहको पहिलो कार्यकालको अभ्यास र दोस्रो कार्यकालको पहिलो वर्षसम्म आउँदा सिंहदबारको अधिकार गाउँगाउँमा नआएको तर त्यहाँको विकृति, अनियमितता, भ्रष्टाचार चाहिँ सरेको देखिन्छ । महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानको प्रत्येक वर्षको प्रतिवेदनले स्थानीय तहको विकृति, विसंगतिबारे औंल्याउँदै आए पनि त्यस दिशामा सुधारको प्रतिबद्धता र इच्छाशक्ति नदेखिनुलाई दुर्भाग्य मान्नुपर्दछ ।जनताको घरदैलोको सरकारको रुपमा चिनिने स्थानीय तहमा भ्रष्टाचार झनझन् मौलाउँदै गएको छ । यसको अर्थ अरु सबै निकाय दुधले नुहाएका छन् भन्ने पनि होइन । स्थानीय तहमा कर्मचारी, उपभोक्ता र बिचौलियाको मिलेमतोमा भ्रष्टाचार हुने क्रम बढ्दै गएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका अधिकांश उजुरीहरु स्थानीय तहमा भ्रष्टाचारसँग सम्बन्धित रहेका छन् । आयोगका अनुसार गत वर्षझैँ र चालू आर्थिक वर्षमा पनि स्थानीय तहमा हुने भ्रष्टाचारका उजुरी बढ्दै गएका हुन् ।
आयोगले भ्रष्टाचारको छानबिन गरी विशेष अदालतमा दायर गर्ने मुद्दाको संख्याको आधारमा सबैभन्दा बढी भ्रष्टाचार हुने निकायको सूचीमा स्थानीय तहलाई राखेको छ । जनताको दैनिक जीवनसँग जोडिएका र विकासको केन्द्रका रुपमा रहेका निकायमा यसरी भ्रष्टाचार बढ्दै गएको उजुरी र त्यसउपर छानबिन गरी विशेष अदालतमा दायर मुद्दाको संख्याले पनि देखाएको छ ।त्यसो त अख्तियारको तथ्यांकमा वीरगन्जमात्र नभइ मधेशका धेरै स्थानीय तह छन् । जसका कारण यहाँ विकृति भएको यही भन्न सकिन्छ ।


















