वीरगन्ज,पर्सामा पहिलो र दोश्रो चरणमा गरी ४० हजार भन्दा बढीले कोराना बिरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पर्साले दिएको जानकारी अनुसार गत माघ महिनामा शुरु भएको पहिलो चरणको खोप अभियान र दोश्रो चरणमा फागुनमा संचालिन खोप अभियानमा गरी पर्सामा ४० हजार १० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका हुन् । दुई चरणमा खोप लगाउनेमा ज्येष्ठ नागरिक सहित पत्रकार, कर्मचारी लगायत रहेको पनि जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले जानकारी दिनुभयो । पहिलो चरणमा सरकारले लक्षित गरेको स्वास्थ्यकर्मी, सरसफाइकर्मी सहित पत्रकार एवम् दोश्रो चरणमा ज्यष्ेठ नागरिक लगायतलाई जिल्लाभर खोप कार्यक्रम संचालन गरिएको थियो । पर्सामा पहिलो चरणमा १० हजार ६ सय ६ जनालाई र दोश्रो चरणमा २९ हजार ४ सय ४ जनालाई खोप लगाइएको छ । पर्सामा नारायणी अस्पताल सहित नेशनल मेडिकल कलेज र पोखरिया अस्पतालबाट कोरोना विरुद्धको खोप लगाइएको थियो । कोरोनाको खोप लगाएकाहरुमा पर्सामा सामान्य बाहेक अन्य खास समस्या नदेखिएको पनि स्वास्थ्यकर्मीहरुले बताएका छन् । पहिलो चरण र दोश्रो चरणमा खोप लगाएकाहरुलाई पुनः २८ दिनपछि अर्को डोज खोप उपलब्ध गराउनुपर्ने भएपनि भारतबाट आउने भनिएको थप खोजको डोज नआएका कारण हाल कोरोना बिरुद्धको खोप कार्यक्रम स्थगित भएपछि पर्सामा पनि खोप अभियान रोकिएको हो ।
यसैबीच वीरगन्ज फेरि एकै दिन १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार ५० जनाको पीसीआर परीक्षण गर्दा ती मध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सरोज रोशन दासका अनुसार पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएका ५० जनाको स्वाब परिक्षण गर्दा पर्साको वीरगन्ज महानगरका ३, बाराका ६ र झापाका १ जना गरी १० जनामा संक्रमण भेटिएको हो । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २ का २७ वर्षिया महिला, वडा नम्बर १० का २८ बर्षिय पुरुष र वडा नम्बर ३१ का २२ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का २ की २७ वर्षिया महिला, वडा नम्बर ३ का ३८ बर्षिय पुरुष र २८ वर्षिया महिला , वडा नम्बर ५ का २० वर्षिय पुरुष वडा नम्बर ८ का २४ वर्षिय पुरुष , वडा नम्बर ९ का ३१ व्र्षिय पुरुष तथा झापाको मेची नगरपालिका १२ का २५ वर्षिय पुरुषमा पनि संक्रमण भेटिएको डाक्टर दासले जानकारी दिनुभयो । यसैबीच भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भारतमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । नेपालमा समेत संक्रमण बढ्न सक्ने भएकाले सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यवसायिक कार्यहरु नगर्न मन्त्रालयले आग्रह गरेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति निकालेर सामाजिक÷भौतिक दुरी, मास्कको अनिवार्य प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुने, सेनिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नुभएको हो ।