निजगढ,रास्वपा निजगढको नगर कार्यसमितिले पूर्णता पाएको छ ।रास्वपाको शनिवार भएको पहिलो नगर अधिवेशनबाट निर्वाचन गर्न बाँकी पदमा समेत निर्वाचित गरेपछि नगर कार्यसमितिले पूर्णता पाएको हो ।
रास्वाको नवनिर्वाचित नगर समितिका पदाधिकारी र माथिल्लो समितिका पदाधिकारीहरुको हिजो निजगढमा भएको बैठकले सहसचिवमा आशिक तामाङ्ग, कोषाध्यक्षमा प्रविन श्रेष्ठसहित बाँकी सदस्यको चयन गरेपछि ११ सदस्यीय नगर समितिले पूर्णता पाएको हो ।

नगर सभापति सञ्जिप भट्टराई, उपसभापति सविना बिष्ट, सचिव सुरज तिमल्सिना र ५ जना महिला सदस्यहरु यसअघि नै निर्वाचित भएका थिए । सभापति पदमा ३ जनाले दाबेदारी गरेपछि भएको निर्वाचनमा भट्टराई मतदान प्रक्रियाबाट सभापतिमा निर्वाचित हुनुभएको थियो ।त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कलैया उपमहानगरपालिका समितिको सभापतिमा उमाशंकर रौनियार विजयी हुनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कलैया उपमहानगरपालिका समितिको अधिवेशनमा उमाशंकर रौनियार १ सय २४ मत प्राप्त गर्दै सभापति पदमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी बब्लु गिरी गोसाईले ८३, सुरेन्द्र शर्माले ६७ र अभिषेक पटेलले २ मत प्राप्त प्राप्त गरेका थिए ।


















