आर.के. चौधरी

सखुवाप्रसौनी,सखुवाप्रसौनी गाउँपालिकामा नगरपालिकास्तरीय भलिबल प्रतियोगिता सोमवारबाट सुरु भएको छ ।सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादवले वडा नं. ३ कौवाबन कटैया टोलको खेल मैदानमा नकआउट भलिबल प्रतियोगिताको उद्धाटन गर्नुभयो ।पहिलो दिनको खेलमा चार टिमबीच प्रतिस्पर्धा भएको थियो । पहिलोे खेलमा सखुवाप्रसौनी गाउँपालिका र गाउँपालिकाका कर्मचारीबीच खेल भएको थियो भने दोस्रो खेल बहुदरमाई नगरपालिका र बिन्दवासनी गाउँपालिकाले खेलेका थिए ।सखुवाप्रसौनी गाउँपालिका कर्मचारीलाई दुईका विरुद्ध तीन सेटमा पराजित गर्न सफल भएको छ । दोस्रो खेलमा बिन्दवासनी गाउँपलिकाले लगातार तीन सेट जितेको थियो ।प्रतियोगितामा सखुवाप्रसौनी गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका कर्मचारी, बहुदरमाई नगरपालिका, बिन्दवासनी गाउँपालिका, कालिकामाई गाउँपालिका, धोबीनी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका र वीरगन्ज महानगरपालिकाको सहभागिता छ ।सखुवाप्रसौनी गाउँपालिकाको आर्थिक सहयोग र द ग्रेट युवा क्लब कौवाबन कटैया पर्साको आयोजनामा भइरहेको प्रतियोगिताको उद्धाटन कार्यक्रममा वडा १ को वडा अध्यक्ष बासुदेव महतो थारु, वडा २ अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा ३ अध्यक्ष मोजामिल अन्सारी, वडा ४ अध्यक्ष मोहम्द आरिफ, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु लगायतको उपस्तिथि रहेको थियो ।मंगलबार कालिकामाई गाउँपालिका र धोबिनी गाउँपालिकाबीच प्रतिस्पर्धा हुने क्लबका सचिव अनिरुद पटेलले जानकारी दिनुभयो । प्रतियोगिता फागुन २९ देखि चैत्र २ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष पुर्णवासी पटेलले जानकारी दिनुभयो ।

Leave a Reply