कृष्ण मोहन साह / राजन कुमार बानिया

सेढवा – फागुन १८ पर्साको पटेर्वा सुगौली गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनामा गाउँपालिकाकाे प्राङ्गणमा पटेर्वा सुगौली गाउँपालिकाको आर्थिक बर्ष २०७६/०७७ को चौथो गाउँ सभा समपन्न भएको छन् । तेस्रो गाउँ सभाबाट विनियोजित योजनाहरुमा आइतबार अनुमोदन गरेका छन् । गाउँपालिकाको विभिन्न वडाहरु योजनाहरु समसोधन समेत गरेका छन् ।

 

 

 

 

आर्थिक बर्ष २०७६/०७७ कुल बजेट ३४ करोड रहेको थियो कुल बजेट भित्र संसोधन गरेको छन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी, उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र प्रसाद यादव , वडा अध्यक्षहरु फरमान मिया अन्सारी, विजय गैरे, माधव राउत, राजेश्वर महतो, मोतिलाल साह, लगाएत कार्यपालिकाको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

शिक्षा विकास अन्तर्गत विद्यालय भवन पुर्बअधार थपने, शिक्षक शिक्षिका र बाल विकासको सहयोगी कर्तालाई लगाएतलाई तलब भता, सामुदायिक विद्यालयहरुमा ईलोकट्रोनिल हाजिर जडान गर्ने, दिवा खाजा, पाठयपुस्तक, निरंतरता दिने निर्णय भएको छन् । स्वास्थ्य क्षेत्रमा गर्भवती महिलाहरुलाई पैषटिक अधारको रूपमा अण्डा,कुखुराको चला,वितरण गर्ने,विपन्न गरिब जेहन्दार परिवारमा जटिल भन्दा जटिल रोगबाट ग्रसित विरामीलाई उपचार खर्च दिने, करार स्वास्थकर्मीहरु तलब तथा अन्य सुविधा प्रदान गर्ने भएका छन् ।

 

 

 

 

त्यसैगरी समाजिक विकास अन्तर्गत सिलाई केन्द्र स्थपना गर्ने,महिला नेतृत्व तथा शान्ति सुरक्षा कार्यक्रम, कृषि तर्फ सिचाइ समाग्री वितरण गर्ने, भौतिक तर्फ सडक, नला, निर्माण कर्मचारीलाई महँगी भता, प्रोत्साहन भता, कर्मचारी तथा जनप्रतिनिधिहरुको अध्यन अवलोकन भ्रमण खर्च छुटयाउने, सार्बजनिक खरिद ऐनकानुन निर्माण तथा पलना गर्ने तथा कर्मचारी प्रोत्साहन भता दिने लगाएतको बजेट समसोध गरेका छन् ।

 

 

 

 

 

 

कार्यक्रममा स्वगत मतब्य गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र प्रसाद यादवले गरेको थियो । भने आर्थिक प्रतिबेदन गापा उपाध्यक्ष ममता महतोले गरेका थिईन् । कार्यक्रम गापा अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षता समपन्न भएको थियो । आगामी आर्थिक बर्ष २०७७/०७८ बजेट प्रदेश र केन्द्र संग बजेट माङ्ग्ग गर्ने निर्णय भएको थियो कार्यक्रममा गाउँ कार्यपालिका को समपुर्ण को सहभागिता रहेको थियो ।

Leave a Reply