नरेश गुप्ता
बरियारपुर –  जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी  उपरीक्षक कृष्ण  पंगेनिले जिल्लाको शान्ति  सुरक्षाको ग्यारेन्टी गर्नु पहिलो प्राथमिकता  रहेको बताउनु भएको छ । जिल्ला  प्रहरी  कार्यालय बारामा आयोजित पत्रकार संगको भेटघाट कार्यक्रममा बोल्दै पंगेनिले अपराधिक गतिविधिमा  संलग्न जो कोहिलाई पनि कार्वाही  गर्ने बताउनु  भयो ।
खुला सिमाना भएको कारण तस्करी  नियन्त्रण , लागु ‍‌‌‌‌‌‌‌औंषध , हातहतियार  ओसारपसारमा संलग्न अपराधी क्रियाकलाप  गर्ने माथी आफ्नो पहिलो निगरानी  रहने  बताउनु भयो । पत्रकारहरुले राखेको जिज्ञासामा स्वर्गीय  पत्रकार  बिरेन्द्र शाहको हत्यारा अहिले पनि खुल्याम घुमिरहेको अवस्था रहेको , समाचार  लेखेकै कारण पत्रकारहरुको शान्ती सुरक्षाको ग्यारेन्टीको सवालमा प्रहरी  उपरीक्षक  पंगेनिले  दोषीलाई कार्वाही  गर्ने प्रतिबद्धता  जाहेर गर्नु भएको थियो ।
मुस्कान सहितको प्रहरी सेवालाई जनमुखी बनाउनु पर्ने ओलाउदै जिल्ला प्रहरी  कार्यालय भित्र हुने दलाली  , पक्षपातले  वास्तविक पिडित न्याय नपाउने दोषी चाहिँ छुटने संभावना भएकोले प्रहरीको न्याय सम्पादनमा  गम्भीर हुनु पर्ने पत्रकारहरुले ध्यानाकर्षण  गराएको थियो ।
जिल्लाको शान्ति  सुरक्षामा कुनै कसर बांकी नराखी सामुदायिक प्रहरी  सेवा केन्द्रले गर्दै आएको बाल बिवाह , दहेज प्रथा , महिला हिंसाको घटनालाई जनचेतना मार्फत न्यूनीकरण  गर्दै  परिमार्जन गर्ने एस पि पंगेनिले पत्रकार संगको भेटघाटमा बताउनु भयो । प्रहरी  प्रधान कार्यलय नक्साल बाट सरुवा भैइ आएको जिल्ला प्रहरी  बाराको प्रहरी  प्रमुख कृष्ण  पंगेनी तराईको जिल्ला  सर्लाही , जनकपुरमा लामो समय सम्म प्रहरी  अनुसन्धानमा कार्यरत  रहनु भएको थियो । 

Leave a Reply