नरेश गुप्ता

बरियारपुर,वीरगन्जस्थित एक विद्यालयका प्रधानाध्यापकले आफना स्वर्गीय पिताको स्मृतिमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ पथरहट्टीमा विद्यालय निर्माण र संचालन गर्न ४० लाख रुपैया मुल्य बराबरको जग्गा दान गर्नुभएको छ ।

वीरगन्जस्थित ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकिशोर यादवले आफना पिता शिवशंकर यादवको स्मृतिमा पुर्खौली गाउँ पतरहट्टीमा रहेको श्री नेराआविको भवन निर्माण विद्यालय संचालनको चालीस लाख मूल्य बराबरको जग्गा दान गर्नुभएको हो । यादवले दान गरेको जमिनमा महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव र दाता रामकिशोरले सोमबार संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गर्नुभएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले जग्गा प्राप्त भएपछि अब नगरपालिकाले विद्यालयको भवन निर्माण गर्ने बताउनु भयो । यसअघि सार्वजनिक जमिनमा रहेको सो विद्यालयको भवन सडकमा समेत परेपछि पठनपाठनमा समस्या परेको विद्यालयका प्रधानाध्यापक महेन्द्र यादवले बताउनुभयो । जग्गा र भवनसमेत निर्माण भएपछि पठनपाठनमा सहज हुने उहाँले बताउनुभयो । भवन शिलान्यास कार्यक्रममा राष्ट्रिय सभा सद्स्य रमेश यादव, प्रयाग यादव, बिजय यादवलगायतको उपस्थिति रहेको थियो ।

फोटो पनि छ ।

Leave a Reply