कृष्णउदास खनाल
वीरगन्ज,मुलुकको प्रमुख ब्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालय चालु आर्थिक बर्षको पाँचौं महिनामा समेत लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएको छ । भन्सार विभागले वीरगञ्ज भन्सारलाई मंसिर महिनाका लागि ८ अर्ब ५० करोड ४३ लाख २ हजारको लक्ष्य दिएकोमा उसले जम्मा ४ अर्ब ६४ करोड ३१ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ ।भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा केही सुधार गरेको भएपनि लक्ष्य भेट्टाउन भने अझै असफल भएको हो .। वीरगञ्ज भन्सारले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको छैन । यसो हुनुमा मुख्य कारण भन्सारमा देखिएको आर्थिक गतिविधिक कम तथा देशमा देखिएको आर्थिक मन्दीको पनि असर भएको भन्सार अधिकारीको राय छ ।हालसम्म वीरगञ्ज भन्सारले जम्मा ६२ अर्ब ३४ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यद्यपि भन्सार विभागले भने यो पाँच महिनाका लागि ९८ अर्ब ५६करोड २१ लाख ४२ हजार लक्ष्य दिएको छ ।मंसिर महिनामा पनि वीरगञ्ज भन्सारले सबैभन्दा बढी मुल्यअभिबृद्धि करबाट नै राजश्व संकलन गरेको छ ।देशको आर्थिक अवस्था चलायमान हुनेक्रम रहेकाले अब आउने महिनामा पनि राजश्व संकलनको दर बढ्ने आशमा भन्सार कार्यालयका अधिकारीहरु देखिएका छन् ।

Leave a Reply