कोरोना भाइरस (कोभिड–१९)को महामारी नेपालमा प्रवेश गर्न नसकोस् भन्ने उद्देश्यले सरकारले बुधबार लिएको निर्णय सराहनीय छ। सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लबलगायतलाई बन्द गर्ने निर्णय गरेको छ। यसैबीच आजबाट शुरू हुने भनिएको करिब पाँच लाख सहभागी हुने विद्यालय शिक्षा परीक्षा (एसईई) पनि हिजो अन्तिम समयमा आएर स्थगित गरिएको छ।कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले वैशाख १८ सम्मलाई ती क्षेत्र बन्द गर्ने निर्णय गरेको हो।

 

 

 

 

 

बुधबार गरिएको निर्णयमा सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई एक महिनाका लागि बन्द गर्ने भनिएको छ। यसको अनुगमानको जिम्मेवारी गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ।त्यसै गरी अर्को बुँदामा होटल, रेस्टुरेन्ट तथा सपिङ मलका सञ्चालकलाई हात सफा गर्ने स्यानिटाइजरलगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमितरूपमा डिस–इन्फेक्सन गर्न लगाउने पनि भनिएको छ।

 

 

 

 

 

साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरूमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ। केन्द्रमा प्रवेश गर्नुअघि सबै विद्यार्थीको तापक्रम मापन गर्ने, टाढै बस्ने, सकभर साबुन–पानीले हात धोएर परीक्षामा सहभागी हुने, परीक्षामा हुलहुज्जत नगर्ने, सकभर परीक्षार्थीलाई कुनै व्यवधान नगर्ने आदि पूर्वाधारका साथ परीक्षा शुरू गर्ने भनिए तापनि यसले ठूलो जनसमुदायलाई तनावमा पारेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here