बिश्वको संभ्रान्त र पूूँजीवादको देश अमेरिकामा नयाँ राष्ट्रपतिमा डोनाल्ड टम्प आएको करिब एक महिनाको अवधिमा धेरै कुरामा उथलपुथल भएको छ ।नेपाल वा यस्तै अल्पविकसित र अविकसित देशमा रहनेहरुका लागि अमेरिकमा एक सपना नै हो तर टम्प आएपछि यो सपना अब सजिलै साकार हुने संभावना कम देखिएको छ । करिब एक महिनाको अवधिमा टम्पले लिएका नीतिहरु निकै आलोचनात्मक छन् तर गरिब देशका लागि निकै दर्दनाक पनि छन् र उनकै देशको लागि पनि उनको यो नीति आश्चर्य लाग्दा बनेका छन ।

मुलतः टम्पले दुईखाले नीति लिएको देखिन्छ, एक बिश्वमा शान्ति र दोश्रो अमेरिकी केन्द्रित पूँजीवाद । शान्तिको सवालमा टम्पले लिएको नीति जायज छ । विशेषगरी इजरायल तथा युक्रेनको युद्ध अन्त्यका लागि भएका प्रयासहरु राम्रा छन् । त्यहाँ शान्ति कायम होस् र बिश्वमा यस्तो खालको लडाइ नहोस् नै तर पूूँजीका सवालमा भने टम्पले लिएको नीति गरिब देशका लागि घातक छन ।
हुनत टम्पले लिएको नीति नराम्रो पनि होइन । आत्मनिर्भर बनाउन टम्पले खोजेका हुन् । नेपाल जस्तो अरुका भरमा रहने देश र नागरिकहरुका लागि उनले केही सन्देश पनि दिन खोजेका छन् । अरुको भर पर्ने, अरुको मुख ताक्ने प्रवृत्तिको अन्त्यको समेत टम्पले सहायता रोकेर सन्देश दिन खोजेका छन् । यो अर्थमा टम्प ठीक छन् र अब आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रमा नेपालीहरु पनि जोडिनु पर्छ टम्पको सन्देश यो पनि हो ।
















