गएको हप्ता अख्तियार दुरुपयोग आयोगले नेपाली काँग्रेसका नेता बिजय कुमार गच्छेदार सहितका केहीलाई ललिता निवासको बिषयमा मुद्दा दायर गरेपछि अहिले नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । उसले आइतबार पनि सदन अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक माघ २८ गते सम्मका लागि स्थगित गरिएको छ । नेपाली काँग्रेसले गच्छेदारको मुख्य एजेण्डा बनाएको छ ।
अख्तियार नेपालको स्वतन्त्र संबैधानि निकाय हो । यसले लिएको नीतिका बिषयमा राजनीतिक दलहरुले बिरोध गर्ने होइन । अरु सहयोग गर्नु पर्ने हो । नेपाली काँग्रेसले गच्छेदारको बिषयमा सदन अवरोध गर्नु लोकतान्त्रिक दलका लागि नै घातक हो । काँग्रेसको नीति के भयो भने गच्छदार पनि दोषी हुन् र अरु दोषीले उन्मु्क्ती पाए भने उनले पनि पाउनुपर्छ भन्ने तर्क देखिन्छ ।
यो काँग्रेसको पतनको लाइन हो । गच्छदार कुनैपनि हिसावले निर्दोष छैनन् । हो,अरु पनि यसमा संलग्न छन् उनीहरुमाथि पनि कारवाही हुनुपर्छ भन्ने तर्क जायज हो तर अरु दोषीले उन्मुक्ती पाएको जस्तो उनलाई पनि उन्मिुक्ती दिने कुरा लोकतन्त्रमाथिको प्रहार हो । यसमा काँग्रेस सच्चिन आवश्यक छ ।