पुष्पराज खतिवडा
मन्हर्वा – प्रहरीले गएराती अबैध रुपमा नेपालबाट भारत तर्फ निकासी गर्न लुकाई राखेको ३ लाख ८० हजार मुल्य बराबरको ३८ बोरा अन्दाजी १९ क्विन्टल छोकडा बरामद गरेको छ ।
सिम्रौनगढ नगरपालिका २ श्रीनगर बैरिया स्थित खानेपानी ट्याङकीको प्राङ्गणमा उक्त परिमाणको छोकडा बेवारिसे अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ । विशेष सुचनाबाट वरामद गरिएको छोकडा आवश्यक कारवाहीको लागी मुलभन्सार कार्यालय बिरगंज पर्सामा पठाईए बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्राले जानकारी दिए ।