राजन कुमार बनिया

पोखरिया,पर्साको धोबिनी गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा स्वागत गरेको छ ।एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फ श्री माईस्थान विद्यापिठ माध्यमिक विद्यालय वीरगञ्जबाट जीपीए ३.८५ अर्थात ९६.२५ प्रतिशत अंक ल्याएर पर्सा जिल्ला टप गरेका आर्यन साह कानुलाई गाउँपालिकाले बिहीवार एक कार्यक्रमका बीच सम्मान तथा स्वागत गरेको हो ।धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुर गाउँ निवासी सशिभुषण साह कानुको छोरा आर्यन साह कानुले माईस्थान विद्यापिठ माध्यमिक विद्यालय वीरगन्जमा अध्ययन गर्नुभएको थियो ।२०७९÷०८० को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छात्र साह कानुको उज्वल भविष्यको कामना गर्दै उच्च शिक्षामा योभन्दा राम्रो नतिजा प्राप्त गरेर आफ्नो गाउँको नाम चम्काउन गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहान र उपाध्यक्षका प्रतिनिधि श्यामकिशोर पटेलले कामना गर्नु भएको छ ।गाउँपालिकाले कानुको उच्च शिक्षाको लागि सक्दो सहयोग गर्ने पनि आश्वासन दिएको छ । उच्च शिक्षाका लागि कानु काठमाडौंको सेन्टजेभिय कलेजमा भर्ना हुनु भएको छ ।कार्यक्रममा वडा अध्यक्ष देबेन्द्र पटेल, शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठी, राजनीतिकर्मी योगेन्द्र साह, सशिभुषण साह, ध्रुप साह र कार्यपालिका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

Leave a Reply