नेपालसरकार र नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गको विषयमा अहिले विवाद भएको देखिन्छ ।कुलमान नेपाललाई उज्यालो बनाउने पात्र हो जसले जे भनेपनि । विशेषगरी वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि कुलमान र वर्तमान सरकारकाबीचमा टकराव देखिन्छ । राम्रो काम गरेर वाही वाही कमाएका कुलमानलाई जसरी पनि हटाउने सोच र लक्ष्य वर्तमान सरकारको देखिन्छ । हालै गरिएका एक मूल्याङ्कनमा समेत कुलमानलाई सून्य अंक दिइएको कुरा आएको छ ।

विशेषगरी सरकारले दिने यस्तो अंकको नागरिक स्तरमा भने अर्थ छैन । हुनत कुलमान सरकारी कर्मचारी नै हुन । सरकारले भनेको कुरा मान्नु कुलमानको दायित्व होला तर कुलमानको कार्यकाल खासै धेरै नहुँदा अनि सरकारले अनावश्यक रुपमा उहाँलाई हटाउन खोजेकोमा भने एक प्रकारको संसय पैदा भएको छ । सरकार किन कुलमानको विरुद्ध लाग्यो भन्ने प्रश्न उब्जिन्छ ।

जे भएपनि कुलमानले देशका लागि राम्रो काम गरेको देखिन्छ । कुलमानको पनि कमी कमजोरी होलान् । हरेक व्यक्तिको कमजोरी हुन्छ नै तर यसरी बिना अर्थ बिना समय कुलमानका विरुद्धमा सरकार लाग्नु ठीक होइन । एकजना कर्मचारीका विरुद्धमा सरकार यसरी लाग्नुको पछाडि स्वार्थ देखिन्छ नै । वर्तमान सरकारको यो कदम भने उचित होइन यसले राम्रो संदेश पनि दिदैन ।

Leave a Reply