सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयले सिमरास्थित ईलाका प्रहरी कार्यालयलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ ।प्रहरी कार्यालयको सेवा प्रवाहलाई सहज बनाउन वडा कार्यालयले कम्प्युटर हस्तान्तरण गरेको हो । वडा नम्बर १४ की वडाध्यक्ष चयन गुरुङले ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको हो ।ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटै वडाभित्र शान्तिसुरक्षा प्रदान गर्दै आएको छ ।

Leave a Reply