राजकुमार यादव

मौलापुर,गौर हत्याकाण्डका दोषीमाथि कारबाहीको माग गर्दै विगत एक सातादेखि रौतहटको चन्द्रपुरमा धर्ना र प्रदर्शन गर्दै आईरहेका सहिद परिवारसंग वार्ता गर्न प्रधानमन्त्रीको कार्यालयले पत्र पठाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार विहान ८ हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक रुपसागर देवीसंग भएको भेटमा समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डले चासो देखाएको प्रधानमन्त्रीको निजी सचिवालयका सहसचिव अर्जुन भण्डारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।२०६३ साल चैत ७ गते २८ जना माओवादी कार्यकर्ताको क्रुरतापुर्वक हत्या गरिएको १७ वर्ष वितिसक्दा पनि अभियुक्तहरुमाथि कारबाही नहँुदा पीडितहरु संघर्ष समिति गठन गरेर गत साउन १ गतेदेखि चरणबद्ध आन्दोलनमा छन् ।सहिद परिवारको आन्दोलनलाई समर्थन गर्दैआएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा प्रधानमन्त्री प्रचण्ड संघर्ष समितिसंग वार्ताको लागि तयार भएको बताइएको छ ।

















