जियालाल चौधरी
कोल्हबी,बाराको कोल्हबी नगरपालिका वडा नम्बर ६ अधहनवा बजारमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बारा शाखाले विश्वव्यापी महामारीको रुपमा फैलिएको ओमिक्रोनबाट बच्न जनचेतनामूलक कार्यक्रम गरि मास्क वितरण गरेको छ ।
तनहँु सुनचाँदी पसल कोल्हबीका संचालक एंव युवा समाजसेवी अमृत जिआरको सहकार्यमा बुधबार करिब २ सय २० जनालाई निशुल्क मास्क वितरण गरिएको हो । फोनिजका सदस्यहरुले हाटबजार भर्न आएका सर्वसाधारण, व्यापारी र बटुवालाई कोरोना संक्रमणबाट बच्ने उपायहरुको बारेमा सम्झाइबुझाइ मास्क वितरण गरेका हुन ।
मास्क वितरण कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय कोल्हबी र सशस्त्र बेस क्याम्प कोल्हबीका सुरक्षाकर्मीहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा फोनिज बारा अध्यक्ष जियालाल चौधरी, सचिव धिरेन्द्र पनुहर, कोषाध्यक्ष इन्दिरा चौधरी र सदस्य राज चौधरी लगायतले हाटबजारमा मास्क वितरण गरेका थिए । मास्क वितरण गर्न तनहुँ सुनचाँदी पसलका संचालक जिआरले फोनिजका अध्यक्ष चौधरी र सचिव पनुहरलाई एक कार्टुन मास्क हस्तान्तरण गर्नु भएको थियो । निशुल्क मास्क उपलव्ध गराएको अध्यक्ष चौधरीले व्यवसायी जिआरलाई धन्यवादसमेत दिनु भएको थियो । त्यसैगरी फोनिजले बिहीवार पनि कोल्हबी नगरपालिका वडा नम्बर ४ सपहीमा मास्क वितरण गर्ने कार्यक्रम आयोजना गरेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।