कृपा संवाददाता
बीरगज – पर्सा प्रहरी आफनै छोरी हत्या गरेको आरोपमा आमा सहित ४ जना पक्राउ परेका छन् । १५ वर्षीया आफ्नै छोरी पुनीता कुमारीलाई सोमबार बेलुकी हत्या गरी शव जलाएर गाडेको प्रहरीको आरोप छ । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका ९ की ३० वर्षीया शिवकली देवी, ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र अर्का सोही नगरपालिकाको ८ का १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादव रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकी शिवकली बालिकाकी आमा हुन् । त्यस्तै राजेन्द्र र सन्तोष मृतक बालिका काका हुन् । बुवा वीरेन्द्र दास तत्वा भने फरार रहेको पर्सा प्रहरीले जनाएको छ । जलेको शरिरका केही भाग सहितको बालिकाको शव घरबाट २ कि.मि.उत्तर खोला नजिकै गाडेको गाडेको अवस्थामा प्रहरीले उत्खनन् गरी फेला पारेको हो । घटनास्थल शवजाँच मुचुल्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

१५ बर्षिय पुनिताको हत्या परिवारकै सदस्यहरुबाट भएको आशंका प्रहरीले गरेको छ । कुटपिट गरेर मारेको आशंकामा आमा शिवकली सहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेका छौं । हत्या के किन र कसरी ? भन्ने लगायत विस्तृत जानकारी पछि खुल्दै जाला जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक विरेन्द्र शाहीले जानकारी दिए ।
प्रहरी निरीक्षक सिंहका अनुसार घटनाको प्रकृति हेर्दा डिजल हालेर शव जलाएको जस्तो देखिन्छ र बचेको भाग अलि पर लगेर गाडेको रहेछ । गोप्य सूचनाको आधारमा हामी घटनास्थलमा पुगेका थियौं उनले भने । ‘हामीले आमा, काका लगायत ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं,’ डीएसपी शाहीले भने, ‘बयान लिन बाँकी छ ।