धनुषा । धनुषाको धनौजी गाउँपालिकाले स्थानीयवासीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० वितरण सुरु गरेको छ।
यातायात व्यवस्था कार्यालय जनकपुरधाम र बर्दिबासबाट सञ्चालित परीक्षामा उत्तीर्ण भएका गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी पालिकाबाटै अनुमतिपत्र वितरणको व्यवस्था मिलाइएको हो।
गाउँपालिका अध्यक्ष राजकुमार साहका अनुसार पहिलो चरणमा यातायात व्यवस्था कार्यालय बर्दिबासबाट सञ्चालित प्रयोगात्मक परीक्षा ९ट्रायल० उत्तीर्ण गरेका ४५ जनाको अनुमतिपत्र प्राप्त भएपछि वितरण सुरु गरिएको हो।
पालिकाबाटै लाइसेन्स पाउन थालेपछि सेवाग्राहीले अनुमतिपत्र लिन यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्नेछ। यसबाट विशेषगरी ग्रामीण क्षेत्रका नागरिकको समय र खर्च बचत हुने अपेक्षा गरिएको छ।















