पक्राउ परेका विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरिलाल राउत भेडिहर ।

पुष्पराज खतिवडा

बारा –  बिश्रामपुर गाँउपालिकाका अध्यक्ष ४७ बर्षिय अमिरिलाल राउत भेडिहरलाई प्रहरीले प्रक्राउ गरेको छ । जिल्ला अदालत बाराको २०६३ भदौ २९ को फैसला कार्यान्वयनका क्रममा प्रहरी आईतबार विहान प्रक्राउ गरेको हो । गाउँपालिका ३  निवासी अध्यक्ष भेडिहरलाई १५ बर्षपछी प्रहरीले पक्राउ गरेको हो । 

 

 

 

 

सवारी ज्यान मुद्दामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भएका उनलाई ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बारामा बुझाएको थियो । अदालतको आदेशले निजलाई कैद भुक्तानको लागि कारागार कार्यालय बिरगंज पर्सामा पठाईएको बारा प्रहरी प्रमुख उपरिक्षक विकासराज खनालले जानकारी दिए ।

 

 

 

 

२०६२ साल माघ २८ गते उनले चलाएको मोटरसाईकको ठक्करबाट  ६५ बर्षिया  हंसिया देवी चौधरीको मृत्यु भएको थियो । विरगजंबाट पथलैया जाने क्रममा भेडियारले चलाएको मोटरसाईक ठक्करबाट बाराको सिमरा बजार नजिकै चौधरीको मृत्यु भएपछी भेडिहर माथी कानुनी कार्वाही भएको थियो । सोही समयबाट अदालतको सुचिमा फरार रहेका भेडिहरलाई आज पक्राउ गरी अदालतमा प्रस्तुत गरिएको उपरिक्षक खनालले जानकारी दिए ।

 

 

 

 

 भेडिहर २०७४ भदौमा सम्पन्न स्थानिय तह निर्वाचनबाट विश्रामपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । बिजयकुमार गच्छदारले नेतृत्व गरेको तत्कालिन फोरम लोकतान्त्रीक निर्वाचित भेडिहरले फौजदारी अभियोगमा कैदसजाँय पाएपछी उनको पद केहुने भन्ने प्रश्न उब्जीएको छ । सजाँएसँगै २९ दिन लामो अनुपस्थीले गाउँपालिकाको कामकार्वाही प्रभावित हुने भएको छ । उनको पदका बारेमा यसै होला भन्न नसकिने जिल्ला अदालत बारामा कार्यरत एक वकिलले बताए ।

Leave a Reply