ब्यवसायिक खेतिको रुपमा बारामा फस्टाउदै गएको माछापालन संगै जाडो महिनामा माछाको बिक्रि पनि बढेको छ । बाराको ग्रामीण भेग देखि शहर हाट बजारमा माछा किन उपभोक्ताहरुको भिडभाड बढेको सजिलै देख्न सकिन्छ । गर्मी याम भन्दा जाडोमा माछाको उत्पादन पनि सर्वाधिक बढेको माछा ब्यवसायी संघ बाराको अध्यक्ष जंगबहादुर साहले बताउनु भयो ।
जाडोमा माछा खानेहरु बढी हुने गरेको उनको भनाई छ । बारामा प्रधानमन्त्री सुपरजोनले माछापालन गर्ने ईच्छुक कृषकलाई अनुदान दिइने दक्ष प्राबिधिक लगायत उन्नत जातको माछाको बीउ पनि बारामै विभिन्न हैच्यारी बाट सजिलै पाईने भएपछी बारामा माछापालन ब्यवसाय फस्टाएको माछापालन गर्दै आएको कोल्हबी नगरपालिका ८ रामबणको क्रुषक राजु अधिकारिले बताए ।
माछापालन बाट आफ्नो परिवारको पालनपोषण गर्दै आएको उनले बताए । बारामा पाईने माछाहरु रोहु , बिगहेड , कम कार्प , ईजराईल , ग्रास कार्प लगायतको माछाले बजार लिए पछि माछाको बिक्रि बढेको छ । जाडोमा माछा खानेहरु बढेपछी सस्तो मुल्यमा बारामै उत्पादन भएको माछाहरु ताजा पाईने भएकोले यसको बिक्रि बढेको माछा ब्यवसायी महागढीमाइ २ निवासी रमन पासवानले बताए ।
माछापालनको लागि प्रसिद बोधवनको माछा गांउ , कोलह्बीको रामबन , सिमरौनगढ , महागढीमाई , पिपराढी , फेटा सुवर्ण गांउपालिका लगायतको क्षेत्रमा सबै भन्दा बढी माछा उत्पादन हुने प्याकेज एरिया रहेका छन ।माछामा प्रोटिन प्रयाप्त मात्रामा पाईने भएकोले जाडो महिना शुरु भए संगै माछाको बिक्रि बढेका छन ।

















